थानकोटमा के भयो यस्तो? अलपत्र परेका दुधे बच्चा बच्चीको सडकमै बिचल्ली(भिडियो)
वैशाख, काठमाडौं । थानकोटमा अलपत्र परेका तीन सय मजदुरलाई शनिबार साँझ नेकपा सांसद अञ्जना विशुंखे, प्रदेशसभा सांसद रमा आले मगर, नेपाल कम्युनिष्ट पार्टी, चन्द्रागिरि कमिटी लगायतको संयोजनमा विभिन्न जिल्लातर्फ पठाइयो ।
थानकोटबाट गाडी चढेर घर जान पाएपछि मजदुर खुशी देखिए । चन्द्रागिरि नगरपालिकाबाट मजदुरको उद्दार भएको विषयले सामाजिक सञ्जालमा पनि वाहवाही पायो । त्यसबाट हौसिएका जनप्रतिनिधि र स्थानीयले दैनिक मजदुरलाई गृह जिल्लातिर पठाउने सगर्व घोषणा गरे ।
तर, त्यसको २४ घन्टा बित्न नपाउँदै नेकपाको चन्द्रागिरि कमिटी र स्थानीय युवा मजदुर उद्धार गर्ने आफ्नो अघिल्लो दिनको कदमबाट पछि हटे । त्यसैले आइतबार थानकोट पुगेका १ सय ७६ जनालाई त्रिभुवन पार्कमा राखिएको छ । साडी र तन्नाले बेरिएको कटेरोभित्र एउटा म्याटको भरमा भुइँमा सुत्ने व्यवस्था गरिएको छ ।
आइतबार साँझ ७ बजे अनलाइनखबरको टोली पार्कमा पुग्दा गेटमा प्रवेश निषेध गरिएको थियो । यद्यपि, अधिकांश चौतारोमा बसिरहेका देखिए । नजिकै डेरा हुने ६ जनालाई स्थानीय जनप्रतिनिधिले फर्काइदिएका थिए (यो खबर अनलाईन खबरले प्रकाशित गरेको छ)। पछिल्लो अपडेट भिडियोमा
थानकोटबाट गाडी चढेर घर जान पाएपछि मजदुर खुशी देखिए । चन्द्रागिरि नगरपालिकाबाट मजदुरको उद्दार भएको विषयले सामाजिक सञ्जालमा पनि वाहवाही पायो । त्यसबाट हौसिएका जनप्रतिनिधि र स्थानीयले दैनिक मजदुरलाई गृह जिल्लातिर पठाउने सगर्व घोषणा गरे ।
तर, त्यसको २४ घन्टा बित्न नपाउँदै नेकपाको चन्द्रागिरि कमिटी र स्थानीय युवा मजदुर उद्धार गर्ने आफ्नो अघिल्लो दिनको कदमबाट पछि हटे । त्यसैले आइतबार थानकोट पुगेका १ सय ७६ जनालाई त्रिभुवन पार्कमा राखिएको छ । साडी र तन्नाले बेरिएको कटेरोभित्र एउटा म्याटको भरमा भुइँमा सुत्ने व्यवस्था गरिएको छ ।
Comments
Post a Comment